• ११ वैशाख २०८१, मङ्गलबार

विकासका लागि निर्धक्क भोट हाल्नुहोस् : मेटमणि चौधरी

blog

सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरी सम्बाेधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

दाङ, कात्तिक १२ गते । सहरी विकास मन्त्री एवं दाङ –१ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले विकासका लागि हो भने आफूलाई निर्धक्क भोट हाल्न अनुरोध गर्नुभएको छ । 

बुद्धिजीवीहरूसँग कुरा गर्दै शुक्रबार मन्त्री चौधरीले भने, ‘म सधैँ सांसद हुँला वा नहुँला, म फेरि मन्त्री हुँला वा नहुँला तर यदि तपाईँहरू यस क्षेत्रको विकास चाहनुहुन्छ भने मलाई निर्धक्क भोट हाल्नुहोस् । जनताको काममा, जनताको विकासको चाहना पूरा गर्न जहिल्यै लागिपरेको छु । म सांसद हुँदा मैले सुरु गरेका विकासका योजनाहरू, मेरो काम गर्ने शैली, मेरो बानी यहोरा सबै तपाईंहरुलाई थाहै छ । मैले विकासका काममा कहिल्यै पक्षपात गरिनँ । र, अब पनि गर्ने छैन ।’

राजनीति गर्ने मान्छे सरल, सहज र इमानदार हुनुपर्ने बताउँदै मन्त्री चौधरीले आफूले सधैँ त्यसतर्फ ध्यान दिएको बताउनुभयो । जनतासँग ठूला कुरा गर्ने, जनतालाई होच्याउने मान्छे नेता पनि हुन नसक्ने भन्दै उहाँले सबैलाई समेटेर अगाडि बढ्ने आफ्नो बानी रहेकाले पनि सबैको साझा उम्मेदवार बनेर चुनावी मैदानमा उभिएको बताउनुभयो ।