• ८ वैशाख २०८१, शनिबार

छठपर्वकाे रौनक सुरु (फोटो फिचर)

blog

उखु किन्दै : विदेह नगरपालिका ८ बफैं बजारमा उखु किन्दै सर्वसाधारण । छठ पर्वमा छठीमातालाई उखु लगायत विभिन्न मौसमी फलफूल चढाउने गरिन्छ ।

काठमाडौँ, कात्तिक १२ गते । आइतबार मनाइने छठपर्वका लागि एक साता अघि देखि नै तयारी सुरु भएको छ । देशैभरका विभिन्न नदीका किनार तथा छठपर्व मनाइने स्थलमा सजावट गरिएको छ भने पर्व मनाउनका लागि आवश्यक सामग्रीहरूको किनमेल गर्न थालेको पाइएको छ । 


छठको तयारी : सुनसरीको इनरूवास्थित सुनसरी खोलामा शुक्रबार छठपर्वका लागि घाट सफा गरिँदै । 

   

सूर्यास्तमा देखिएको कोशी पुल: कोशी नदीको ब्यारेजमा साँझपख सूर्य अस्ताउँदै गर्दा देखिएको मनोरम दृश्य । 


सूर्यास्तः भक्तपुरको घ्याम्पेडाँडाबाट देखिएको सूर्यास्तको दृश्य  । 


छठपर्वको तयारी :  छठपर्वका लागि गुह्येश्वरी गौरीघाट  क्षेत्रमा सरसफाइ गरी   निर्माण गरिएको छठघाट । 


छठ किनमेल : छठका लागि  शुक्रबार पूजा सामग्री किन्दै महिलाहरु । 


ग्राहक कुर्दै व्यापारी : मोरङको कटहरीस्थित साप्ताहिक हटियामा ग्राहाक कुर्दै ढाकी व्यापारी । छठपर्वमा बर्तालुले ढाकी, कोनियालगायत बाँसबाट बनेका सामग्री प्रयोग गर्ने प्रचलन छ । 


केराको व्यापार :  छठपर्वलाई लक्षित गरी मोरङको उर्लाबारीस्थित मङ्गलबारेमा बिक्री गर्न व्यापारीले ल्याएका केराका घरीहरु । 


जलेश्वर बजारमा उखुको व्यापार : महोत्तरीको सदरमुकाम जलेश्वरमा किसानले बिक्री गर्न ल्याएको उखु । नजिकिँदै गरेको छठपर्वमा छठीमातालाई मिठाइ रोटी, विभिन्न मौसमी फलफूलसँगै उखु पनि चढाइन्छ । तस्बिरः रासस