• ८ वैशाख २०८१, शनिबार

म्यानचेस्टर युनाइटेडको सानदार जित

blog

सेरिफविरुद्ध गोल गरेपछि युनाइटेडका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, कात्तिक ११ गते । म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा युनाइटेडले मोल्दोभाको क्लब एफसी सेरिफलाई ३–० गोलले हरायो । 

युनाइटेडको जितमा डिएगो डालोट, मार्कुस रासफोर्ड र क्रिस्टियानो रोनाल्डोले गोल गर्नुभयो । डिएगोले ४४औँ मिनेटमा खाता खोल्नुभएको थियो ।

पहिलो हाफमा उक गोल गरेको युनाइटेडले दोस्रो हाफमा दुई गोल गरेको थियो । ६५औँ मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाउनुभयो । ८१औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सजिलै जिताउनुभयो । 

जितसँगै समूह ‘ई’ मा रहेको युनाइटेडले पाँच खेलबाट १२ अङ्क बनाएको छ । युनाइटेड दोस्रो स्थानमा छ । तीन अङ्क बनाएको सेरिफ तेस्रो स्थानमा छ । 

यही समूहको अर्को खेलमा स्पेनिस क्लब रियल सोसिडाडले साइप्रसको ओमोनिया निकोसियालाई २–० गोलले हराएको छ । जितसँगै सोसिडाड पाँच खेलबाट १५ अङ्क जोड्दै शीर्षस्थानमा छ ।

अङ्कविहीन पराजित ओमोनिया निकोसिया अन्तिममा छ । समूह ‘ए’ को अर्को खेलमा बलियो टोली आर्सनल पीएसभीसँग २-० गोलले पराजित भएको छ । एजेन्सी