• १३ वैशाख २०८१, बिहिबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

blog

अर्घाखाँची, कात्तिक ११ गते । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नं. १० एयरपोर्टको रनवेमा बिहीबार राति प्रदेश नम्बर २–०३८ प ५०३२ नम्बर मोटरसाइकल दुर्घटना हुँदा सन्धिखर्क नगरपालिका वार्ड नं. १ बस्ने वर्ष २२ का कृत्रिम रायमाझीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल जानकारी दिनुभयो ।

सन्धिखर्क नगरपालिका वार्ड नं. १ मिडियाचोक बस्ने वर्ष २६ बस्ने चालक रोशन सुनाम घाइते रहेको प्रहरीले जनाएको छ ।  घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ । 


Author

गणेश खनाल