सिमकोटमा फस्टाउँदो होटल व्यवसाय

राजन रावत

सिमकोट, साउन २ गते ।  दुुई वर्षअघिसम्म जेनतेन वार्षिक १५ देखि २० लाख रुपियाँ कारोबार गर्ने सदरमुुकाम सिमकोटका ठूला होटलको कारोबार पछिल्ला दुुई वर्षदेखि उल्लेख्य वृद्धि भएको छ ।  गत वर्षदेखि मानसरोवर कैलाश जाने ‘रुट’ का रूपमा स्थापित र भारतीय धार्मिक पर्यटकको सङ्ख्यामा एकाएक वृद्धि हँुुदा सिमकोटमा होटल खुल्ने क्रम मात्र वृद्धि भएको छैन कमाइसमेत उत्साहजनक रूपमा वृद्धि भएको छ ।  
सिमकोटकै ठूला होटलमध्येको एक मानसरोवर होटलले वैशाखको अन्तिम सातादेखि हालसम्म तीन हजार भारतीय पर्यटकलाई सेवा दिएर ७५ लाख रुपियाँ आम्दानी गरेको सो होटलका सञ्चालक चीनबहादुुर रावतले बताउनुुभयो ।  दैनिक ८० जना राख्न सक्ने होटलको क्षमता भए पनि बाध्यताले १३० जनासम्म राख्दै आएको उहाँले बताउनुुभयो ।  होटलले प्रतिपर्यटक प्रतिरात बसाइको दुई हजार पाँच सय रुपियाँ लिने गरेको उहाँले बताउनुुभयो ।  
गत वर्ष यो सिजनमा मानसरोवर कैलाश जाने धार्मिक पर्यटकबाट एक करोड रुपियाँको कारोबार गरेर ४० लाख रुपियाँ खुद नाफा कमाएको सो होटलले यस वर्ष खुद नाफा ननिकालेको भए पनि दुुई महिनामा यति धेरै कारोबार गरेको र अझै सिजन बाँकी रहेकाले गत वर्षभन्दा कारोबार र फाइदा वृद्धि हुने सञ्चालक रावतले बताउनुुभयो ।  १२ जना कामदारले हाल सो होटलबाट प्रत्यक्ष रूपमा रोजगार पाइरहेका छन् ।  simkot hotel
सिमकोटकै पहिलो र अर्को ठूलो होटल सनभ्याली रिसोर्टले पनि हालसम्म ६० लाख रुपियाँको कारोबार गरेको सो होटलका म्यानेजर पेमा लामाले जानकारी दिनुभयो ।  सातजनाले प्रत्यक्ष रोजगारी पाइरहेको र वैशाख २५ गते यता दुई हजार पर्यटकलाई नाइट स्टे दिएर ५० देखि ६० लाख रुपियाँको कारोबार गरेको उहाँले बताउनुुभयो ।  
गत वर्षभन्दा यस वर्ष बढी फाइदा हुने दाबी गर्दै म्यानेजर लामाले होटलको क्षमता दैनिक ७० जना भए पनि ९० जनालाई होटलमा राख्नुुपरेको बताउनुुभयो ।  
छ सय भारतीय पर्यटकलाई सेवा दिएर हालसम्म १५ लाख रुपियाँ आम्दानी गरेको होटल कैलाशका सञ्चालक रिन्जिन लामाले बताउनुुभयो ।  सिमकोटमा योग्य कुुकका रूपमा परिचित लामाले गत वर्षदेखि सो होटल सञ्चालनमा ल्याउनुभएको र अब बाँकी दिन यही व्यवसायमा बिताउने सोच रहेको उल्लेख गर्नुहुन्छ ।  उहाँले सो होटलका  नौवटा कोठामा ४५ जनासम्म पर्यटकलाई दैनिक राख्दै आउनुुभएको छ ।  हालसम्म २५० जना पर्यटकलाई सेवा दिएर पाँच लाख रुपियाँ आम्दानी गर्नुभएका सिमकोटकै अर्को रलिङ्ग होटलका व्यवस्थापक राम लामाले  हुम्लामा होटलको भविष्य राम्रो भएको बताउनुुभयो ।  
सिमकोटमा होटल नवज्योति, सिमकोट इन, कैलाश रिसोर्टलगायत अन्य चारवटा होटल छन् र यी होटलले आफ्नो क्षमताअनुसार कमाइ गरिरहेका छन् ।  यो व्यवसाय सिमकोटमा मात्र होइन नेपाल र चीनको सिमाना हिल्सामा पनि त्यत्तिकै फस्टाउँदो रहेको  उद्योग वाणिज्य सङ्घ हुम्लाका सदस्य वृद्धि रोकायाले बताउनुुभयो ।  उहाँले मानसरोवर कैलाशका लागि आउने पर्यटकबाट होटल मात्र होइन स्थानीय भरिया, स्थानीय उत्पादन अन्न र तरकारीको पनि बिक्री बढेकाले हुम्लीको आम्दानीमा  वृद्धि गर्न सहयोगी भएको बताउनुुभयो ।  
सिमकोट बजारबाट भारतीय पर्यटकले विभिन्न सामान किन्ने गरेको विनिता स्टोरकी गीता खड्काले बताउनुुभयो ।  यो वर्ष हालसम्म सिमकोट हुँदै मानसरोवर कैलाश जाने भारतीय पर्यटकको सङ्ख्या नौ हजार पाँच सयभन्दा बढी पुुगेको छ र यसबाट जिल्ला समन्वय समितिले एक करोड रुपियाँभन्दा बढी पर्यटन शुल्क असुुल गरेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना