• १६ चैत २०८०, शुक्रबार

प्रमाण च्यातेर प्रहरीले दुःख दिएको आरोप

blog

प्रहरीले च्यातेर नष्ट गरिदिएको भन्सार प्रवेश कागजात ।

बारा, कात्तिक ११ गते । चेकजाँचको नाउँमा प्रहरीले सवारीसाधनलाई रोकेर रकम उठाउन कार्यमा लागेको पीडितले आरोप लगाएका छन् । 

बारा प्रहरीले जिल्लाका विभिन्न ठाउँ ठाउँमा दैनिक चेकजाँचको नाउँमा सवारीसाधनलाई रोकेर खुलियाम रकम उठाउन लागेको तथा कागजपत्र ठिक भएपनि प्रमाण नै च्यातेर दुःख दिने गरेका पीडित सवारी धनीले आरोप छ । अस्थायी ट्राफिक प्रहरी कार्यालय कलैया, इलाका प्रहरी कार्यालय गण्डक, प्रहरी चौकी मटिअर्वा, प्रहरी चौकी बसतपुर, प्रहरी चौकी तेलकुअवा, प्रहरी चौकी बरियारपुर, ट्राफिक प्रहरी चौकी बडहर्वा, ट्राफिक प्रहरी चौकी लंगडाचोक, इलाका प्रहरी कार्यालय महेन्द्र आदर्श, इलाका प्रहरी कार्यालय बारा गढीलगायतका प्रहरी पोस्टले दैनिक चेकजाँचको नाममा दुख दिने गरेको पाइएको हो । 

यसरी चेकजाँचको नाउँमा उक्त बाटो भएर आउने जाने सवारीसाधनलाई रोकेर ब्लु बुक, सवारी चालक अनुमत पत्र लगायतको कागजात माग्ने, पछि कागज मिलेन भनी गाडी साइडमा लगाउनु अनि सरसँग भेट्नु भन्दै रकम असुल समेत गरेको उनीहरूको आरोप छ । घण्टौँसम्म सवारी रोकेर उनीहरू अवैध तरिकाले ५ सय र हजार रुपियाँ लिएर सवारी छोड्ने गरेका भेटिएको छ । 

बाराको मटिअर्वा भन्सारबाट प्रवेश गराएर गढीमाई दर्शनको लागि नेपाल आएका मोटरसाइकल चालकलाई तेलकुअवा प्रहरी चौकीले चेकजाँच गर्दा भन्सारले दिएको प्रवेश कागज च्यातेर फालेपछि उनीहरू अलपत्रमा परेका भारत बिहार राज्यका डुबहा पञ्चायत दारपा थाना बगही गाउँ निवासी सुबोध कुमार बताउनुभयो । प्रहरीले आफू माथि अन्याय र ज्यादती गरेको गुनासो गर्नुभयो । चौकी अगाडी चेकजाँचमा खटेका तेलकुवा प्रहरी चौकीका प्रहरीले भन्सारको कागज च्यातेर गाडी नियन्त्रणमा लिएको कारण बुझ्दा जेल हाल्ने धम्की दिएको पीडित सुबोधले बताउनुभयो । 

यता प्रहरी चौकी तेलकुअवाका प्रहरी सहायक निरीक्षक रामबहादुर यादवले आफूले कागज नच्यातेको बताउनुभयो । कात्तिक १० गते बिहान ९ः५८ बजे विआर ०५–एइ–८५५९ नम्बरको मोटरसाइकल भन्सार प्रवेश भएको मटिअर्वा छोटी भन्सारका कार्यालय सहयोगी प्रकाश साहले जानकारी दिनुभयो । 

Author

शिवशङ्कर मिश्र