मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिता माग


काठमाडौँ, साउन १ गते । प्रधानमन्त्री शेरबहादुुर देउवासमक्ष अब विस्तार हुने मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।

महिला सांसद समन्वय समितिमा आबद्ध महिला सांसदले आज प्रधानमन्त्री देउवासँग भेटी मुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य गरिनुपर्ने मागसमेत गर्नुभएको सांसद रेखा शर्माले राससलाई जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले महिला सांसदले राखेका मागलाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै ती माग पूरा गर्न सक्दो प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटमा सांसद आरजु देउवा, सीता नेपाली, कुन्ती शाही, ईश्वरी न्यौपाने र सीता गुरुङको पनि सहभागिता थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds