• १३ वैशाख २०८१, बिहिबार

टी-२० विश्वकप

बंगलादेशमाथि दक्षिण अफ्रिकाको सानदार जित

blog

बंगलादेशलाई हराएपछि खुशी मनाउँदै दक्षिण अफ्रिकाका खेलाडी । तस्बिर : आईसीसी

काठमाडौं, कात्तिक १० गते । आइसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशमाथि सानदार जित निकालेको छ । सिड्नीमा बिहीबार भएको खेलमा दक्षिण अफ्रिका बङ्गलादेशलाई एक सय चार रनले हरायो । 

दक्षिण अफ्रिकाले दिएको दुई सय ६ रनको विजय लक्ष्य पछ्याएको बङ्गलादेश १६.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय एक रनमा समेटियो । बङ्गलादेशका लागि लिटोन दासले सर्वाधिक ३४ रन बनाउनुभयो ।

सौम्य सरकारले १५, मेहदी हसन मिराजले ११ र तास्किन अहमेदले १० रन जोड्नुभयो । बलिङमा अफ्रिकाका एत्रिच नोर्कियाले चार विकेट लिनुभयो । ताब्रेज शम्सीले तीन विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले अफ्रीकाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय पाँच रन बनाएको थियो । 

दक्षिण अफ्रिकाका लागि रिली रस्सोले एक सय नौ रनको रन बनाउनुभयो । क्वीन्टन डी ककले ६२, बङ्गलादेशका सकिव अल हसनले दुई विकेट लिनुभयो । तस्किन अहमद, हसन मोहम्मद र अफिफ हुसैनले एक एक विकेट लिनुभयो ।

जितसँगै समूह बी मा रहेको दक्षिण अफ्रकाले दुई खेलबाट तीन अङ्क बनाएको छ । दक्षिण अफ्रिका शीर्षस्थानमा छ । दुई अङ्क बनाएको बङ्गलादेश तेस्रो स्थानमा छ । एजेन्सी