बच्चालाई मनुसनी राेगबाट बचाउन ख्वाउनुस् .....

गोरखापत्र अनलाइन
काठमाडौं । मनसुनको आगमनसँगै बिमारी हुने सम्भावना पनि बढ्दै गएको छ  । पछिल्लो समाचार अनुसार काठमाडौंको खानेपानीमा दिसाका कीटाणुहरु देखिनुलाई यसको एउटा उदाहरण मान्न सकिन्छ । यो मौसममा अझ विशेष गरेर बालबालिकामा विभिन्न मौसमी रोगको संक्रमण हुने जोखिम बढी नै हुन्छ , विशेषगरी संक्रमण, अपच तथा एलर्जीले बालबालिकालाई यो मौसममा सताउँछ नै ।

यस प्रकारको जोखिमबाट बच्नका लागि बालबालिकालाई भिटामिन सी पर्याप्त मात्रामा पाईने खानेकुरा खुवाउनु पनि जरुरी छ । भिटामिन सी ले शरीरको प्रतिरक्षा प्रणालीका लागि निकै महत्वपूर्ण भूमिका खेल्दछ । दिल्लीको सरोज स्पेशियालिटी हस्पिटलका एक विशषज्ञ एस के मुन्धराले बालबालिकालाई दैनिक पाँच सय मिलिग्राम भिटामिन सी को सेवन गराउनुपर्नेमा जोड दिन्छन् । उनको भनाइमा बालबालिकाको रोग प्रतिरोध क्षमतामा बृद्धिका साथै रुघाखोकीको उपचारमा पनि यसले निकै राम्रो काम गर्दछ ।

मौसम्बी, अंगुर , किवी, स्ट्रवरी, अमला तथा अम्बा जस्ता भिटामिन सी प्रचुर मात्रामा पाईने फलफुलका साथै ब्रोकाउली, टमाटर , काउली जस्ता तरकारी खानाले पनि मनसुनमा हुने रोगका जोखिमबाट बालबालिकालाई बचाउन सकिन्छ । यी फलफूल तथा तरकारीको उपभोगबाट वयस्कहरुलाई पनि फाइदा पुग्छ ।  ( इन्टरनेटको सहयोगमा )
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना