• ४ वैशाख २०८१, मङ्गलबार

बेलायतका प्रधानमन्त्रीको युक्रेनी राष्ट्रपतिलाई सघाउने आश्वासन

blog

लन्डन, कात्तिक १० गते । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्नुभएको छ । वार्ताका क्रममा उहाँले युक्रेनी जनताप्रति बेलाइतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताउनुभएको छ । 

“युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न पाउनु विशेषाधिकार भएको बताउँदै प्रधानमन्त्री सुनकले  युक्रेनी राष्ट्रपति र जनताप्रति बेलायतको निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले सधैँ युक्रेनको साथमा बेलायत रहेको स्पष्ट गर्नुभएको छ । 

कुराकानीका क्रममा प्रधानमन्त्री सुनकले युक्रेनको स्वतन्त्रताको पक्षधर बेलायत किएभको आजीवन मित्र बन्ने र युक्रेनलाई समृद्ध एवम् अग्रगामी देशको रूपमा पुनर्निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो । “रूसी आक्रमणविरुद्ध उभिने तपाईँको अटल साहसले विश्वभरका शान्तिप्रिय र स्वतन्त्रता प्रेमी व्यक्तिमा आशा जगाएको तथा निरङ्कुशहरू कहिल्यै विजयी नहुने स्पष्ट सन्देश प्रवाह गरेको छ,” युक्रेनी राष्ट्रपतिको प्रशंसामा बेलायतका प्रधानमन्त्रीका भनाइ उद्धृत गर्दै किएभ पोष्टमा आज प्रकाशित समाचारमा भनिएको छ ।