• १३ वैशाख २०८१, बिहिबार

आईसीसी यु–१९ टोली विजयी

blog

स्केच बीबीसी ।

काठमाडौं, कात्तिक ९ गते । आईसीसी यु–१९ महिला क्रिकेट टोलीले अभ्यास खेलमा नेपाल क्रिकेट सङ्घ (क्यान) ११ मिक्स महिला टोलीलाई पराजित गरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा आईसीसी यु–१९ टोलीले क्यान ११ लाई १० विकेटले हरायो । जितको लागि ७४ रनको मध्यम लक्ष्य पछ्याएको आईसीसी टोलीले ९.१ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

आइसिसीको जितमा तीर्थ सतिशले अविजित ३० रन बनाउनुभयो । साची धडवालले अविजित २९ रन जोड्नुभयो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यान ११ ले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ७३ रन मात्र बनाएको थियो ।

क्यानका लागि कप्तान अप्सरी बेगमले २१ रन बनाउनुभयो । राजमती ऐरीले १६ रन जोड्नुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा आईसीसी यु–१९ का लागि कृतिका मरासिनी र समैइरा धर्नीनिधर्कले दुई दुई तथा सृष्टि जैसी, सोनाम र इवा सोम्सेलले एक एक विकेट लिनुभयो ।

यसअघि मङ्गलबार भएको पहिलो खेलमा आईसीसी यु–१९ टोली नेपाल भ्रमणमा रहेको मेरीलेबोन क्रिकेट क्लब (एमसीसी) सँग १६ रनले पराजित भएको थियो ।