• १६ चैत २०८०, शुक्रबार

बेपत्ता भएका पुरुष पोखरीमा मृत फेला

blog

बेपत्ता भएका कामीलाई स्थानीय र प्रहरीहरु पोखरीमा खोज्दैगरेको अवस्था । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, कात्तिक ८ गते ।  बनगाड कुपिन्डे नगरपालिका ७ मैदुपोखरीमा डुबेर बेपत्ता भएका ४० वर्षीय तिलक कामी मृत फेला पर्नुभएको छ ।  बेपत्ता भएको तीन घण्टापछि कामी पोखरीमै मृत भेटिएको प्रहरीले जनाएको छ । 

मानसिक समस्या भएका उहाँ दिउँसो घरदेखि ३ मिटर दूरीमा रहेको पोखरीमा नुहाउने क्रममा १ बजेतिर डुबेर बेपत्ता हुनुभएको थियो । बन गाड कुपिन्डे नगरपालिकाको र्‍याप्टिङ बोर्डका शङ्कर ऐरी, दीपक ऐरी र प्रहरीको सहयोगमा बोट प्रयोग गरी पोखरीको पानी घटाएर कामीको शव निकालिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार मृत भेटिएका कामीलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । तीन सय मिटर लम्बाई र गहिराई ६ फिट रहेको सो पोखरी स्थानीयहरूले पशुहरूलाई पानी खुवाउनका लागि निर्माण गरेका थिए ।