• ८ वैशाख २०८१, शनिबार

खरको छानोमुक्त अभियान सफल भयो : मन्त्री चौधरी

blog

पाँच दलीय गठबन्धनको कार्यक्रममा सहभागी सहरी विकास मन्त्री मेटमणि चौधरी ।

लीलाधर ओली

घोराही, कात्तिक ८ गते । सहरी विकास मन्त्री मेटमणि चौधरीले आफ्नो पहलमा देशभरका खरका छानो मुक्त अभियान सफल भएको बताउनु भएको छ । उहाँले देशभर खरले छाएको छाना हटाएर टिन लगाउने काम अन्तिम चरणमा पुगेको भन्दै यस्तो बताउनुभएकाे हो । दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय गठबन्धनबाट उम्मेदवार समेत रहनुभएका मन्त्री चौधरीले घोराही उपमहानगरपालिका– १ काडाखुट्टीमा भएको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । 

उहाँले  टिनको छानो लगाउन बाँकी ८ हजार ३ सय घरमा टिन लगाउनका लागि बजेट विनियोजन गरिसकेको बताउनुभयो । मन्त्री चौधरीले आफू संसद् भएर गएपछि खरको छानो हटाउने र भूमिहीनलाई जग्गा दिने कार्यक्रम भएको दाबी गर्नुभएको छ । दस वर्षसम्म बसेको ठाउँ सम्बन्धित भूमिहीनलाई पुर्जा दिने काम अन्तिम चरणमा पुगेको मन्त्री चौधरीको भनाइ थियो ।