कुण्ठाको राजनीति छोडेर एकताबद्ध हुन राष्ट्रपतिको आग्रह

Ram Baran Yadav_1चितवन, ५ चैत । राष्ट्रपति डा रामवरण यादवले कुण्ठाको राजनीति छोडेर एकताबद्ध भई यथाशीघ्र संविधान निर्माण गर्न दलहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाल बार एसोसिएसनद्वारा आजदेखि पूर्वी चितवनको रत्ननगरमा सुरु १३औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले दलहरुका बीचको सबै विवाद सुल्झाएर संविधान बनाउनका लागि दबाब दिन कानुन व्यवसायीलाई आग्रह गर्नुभयो ।

जनतासँग दलहरुले गरेको वाचा पूरा गर्नुपर्ने भन्दै उहाँले आम नेपालीलाई स्वीकार्य हुने संविधान निर्माण गर्ने दायित्व दलहरुको भएको बताउनुभयो । त्यसका लागि बारले थप जिम्मेवारीका साथ भूमिका खेल्नुपर्ने राष्ट्रपति यादवको आग्रह थियो ।

उहाँले भन्नुभयो– “जनआन्दोलनका बेला एकढिक्का हुनुहुन्थ्यो, अन्तरिम संविधान पनि मिलेरै बनाउनुभयो फेरि संविधान निर्माण गर्ने समयमा पनि एकढिक्का भएर उभिइदिन आग्रह गर्दछु ।”

राष्ट्राध्यक्षको हैसियतले आम नेपालीले सुख पाएको हेर्न चाहेको भन्दै उहाँले दुई वर्ष, चार वर्ष र छ वर्ष बित्यो मलाई आनन्द भइरहेको छैन, ३५ लाख नेपाली विदेशमा छन्, देशको आर्थिक अवस्था कमजोर छ, सबै समस्याको समाधान संविधान हो, त्यसका लागि एकपटक आफूले सबैको सहयोग मागेको बताउनुभयो ।

मन्तव्यका क्रममा निकै भावुक बन्नुभएका राष्ट्रपति यादवले हात जोड्दै भन्नुभयो– “दश औँला जोडेर म आग्रह गर्न चाहन्छु, मिलेर संविधान बनाउनुपर्छ, त्यसमा तपार्इंहरुको सहयोग चाहिन्छ ।”

“ देशभरका कानुन व्यवसायीको छलफलबाट अमृत निकाल्नुपर्छ त्यो अमृत दलहरुलाई दिनुपर्छ त्यसले देशको मूल कानुन बनाउन उत्प्रेरणा मिलोस्” उहाँको आग्रह थियो । बिनामियोको दाइँ हुँदैन, मैले अहिले मियोको भूमिका निर्वाह गर्दैछु तर यसका लागि दलहरुको सहयोग र प्रतिबद्धता जरुरी छ भन्दै राष्ट्रपति यादवले भन्नुभयो– “संविधानको पालक र रक्षकको हैसियतले यो संस्थाको रक्षा गर्दै सबैले चाहेको संविधान निर्माण होस् भन्ने कामना गर्दछु ।”

शिक्षा, स्वास्थ्य, जल, जमिन, न्याय यावत् क्षेत्र अस्तव्यस्त बन्दै गएकामा चिन्ता व्यक्त गर्दै राष्ट्रपति यादवले दुःख पोख्नुभयो– “यी समस्या मैले सरकारलाई भन्छु तर सरकार सुन्दैन ।”

न्यायपालिका स्वतन्त्र हुन नसके लोकतन्त्र पनि रहन नसक्ने भन्दै उहाँले स्वतन्त्र न्यायपालिकाको पक्षमा उभिन कानुन व्यवसायीलाई आग्रह गर्नुभयो ।

संविधानसभाका अध्यक्षको भूमिकाको प्रशंसा गर्दै बीचको बाटो खोजेर गतिरोधको निकास निकाल्न आग्रह गर्दै राष्ट्रपति यादवले यसमा काँग्रेस र एमालेको गहन भूमिका हुनुपर्ने बताउनुभयो ।

दलहरुले कानुनविद्, भूगोलविद्, जलस्रोतविद, संस्कृतिविद्को भूमिकालाई बिर्सिएको बताउँदै उहाँले सबै विज्ञहरुलाई एकै ठाउँमा जुटाएर सङ्घीयताजस्ता विवाद मिलाउनुपर्ने बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सुवास नेम्वाङले दलहरुले संविधान निर्माण गर्न नसकेको नभई नगरेको बताउनुभयो । उहाँले भन्नुभयो– “दलका शीर्ष नेताहरु दुई घन्टाभित्र, चुड्कीको भरमा कुरा मिल्छ भन्नुहुन्छ, तर मिलाउनु हुन्न । यसको अर्थ उहाँहरु संविधान निर्माण गर्न नसकेर नभई नगरिरहनुभएको छ ।”

न्यायपालिका, निर्वाचन प्रणाली, सङ्घीयता र शासकीय स्वरुपजस्ता विवादित विषय पनि सहमतिको नजिक पुगेको बताउँदै सभामुख नेम्वाङले दलहरुले १० दिनमा सहमति हुन्छ भनेर संविधानसभा स्थागित गरेको एक महिना तीन दिन पुग्दा पनि सहमति हुन नसकेको बताउनुभयो ।

सभामुख नेम्वाङले आफूले दलहरुलाई सहमति गर्न पटक–पटक आग्रह गरेको स्मरण गर्दै सहमति नभएमा उहाँहरुले नै सहमतिमा निर्माण गरेको अन्तरिम संविधानअनुसार प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘दलहरु गम्भीर नहुँदा अहिले वार्ता र छलफलसमेत हुन सकेको छैन ।”

सभामुख नेम्वाङले भन्नुभयो, ‘‘दलहरुलाई तपार्इंहरुले नसके म १० दिनभित्र मस्यौदा निर्माण गरेर दिन्छु भनेँ त्यो कुरा पनि उहाँहरुले स्वीकार गर्नुभएन । सहमति पनि गर्नुभएन ।’’

हिजो दलका प्रमुख नेताहरुलाई आफूले डाकेर कहिलेसम्म सहमति हुन्छ भनी सोध्दा त्यसको जवाफ पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

यस सम्मेलनको निष्कर्ष देशले खोजिरहेको छ, त्यसले देशलाई निकास दिने विश्वास व्यक्त गर्दै उहाँँले बार काउन्सिल विधयेक संसद्मा आए छिट्टै पारित गराउन भूमिका खेल्ने छु भन्नुभयो ।

सम्मेलनलाई सम्बोधन गर्दै कायममुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठले देशमा जे हुनु पर्दैनथ्यो त्यो भइरहको र जे हुनुपथ्र्याे त्यो नभइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– “संविधान निर्माण शीघ्र्रातिशीघ्र हुनुपर्छ, सबै कुरा भएर पनि किन यस्तो भइरहेको छ ?” राष्ट्रभन्दा माथि कोही हुन नसक्ने भन्दै उहाँले दल, नेता सबै राष्ट्रको मुनि भएको बताउँदै उहाँले राष्ट्रको हितमा संविधान बन्नुपर्नेमा जोड दिनुभयो ।

न्याय र सुरक्षा अन्र्तसम्बन्धित कुरा भएको बताउँदै उहाँले देशमा न्याय बलियो नभई जनताले शान्तिको अनुभूति गर्न नसक्ने बताउनुभयो । सर्वाेच्च अदालतमा २३ हजार मुद्दा पुगेको बताउँदै उहाँले रिक्त रहेको बारको प्रतिनिधित्व शिघ्र्रातिशीघ्र हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महान्यायाधिवक्ता बाबुराम कुँवरले देश र आम नागरिकको बारप्रति विश्वास रहेको बताउँदै नेपालीहरुको कानुनी अधिकारका लागि खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्नुभयो । उहाँले विधिको शासन र कार्यविधिको प्राप्ति मिल्न नसकेमा लोकतन्त्रमा सङ्कट आउने बताउनुभयो ।

सोही अवसरमा एसिया लका अध्यक्ष प्रशान्तकुमार, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका राष्ट्रिय निर्देशक रिनाउड मेएर, मिसन इन्टरनेसनल आइडियाका प्रमुख शेरी मेर्च ओफर, बारका अध्यक्ष हरिकृष्ण कार्की र उपाध्यक्ष टीकाराम भट्टराईलगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका नेताहरुसमेत कार्यक्रममा उपस्थित हुने जनाइएको भए पनि उहाँहरुको भने उपस्थिति रहेन । सो अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको निरन्तरता, स्वतन्त्र न्यायपालिका र आर्थिक विकासका लागि पेसागत दÔता’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा देशभरका तीन हजारभन्दा बढी कानुन व्यवसायीको उपस्थिति रहेको छ ।

सम्मेलनमा न्याय र कानुनसँग सम्बन्धित नौवटा Ôेत्रका विभिन्न विÈयमा ९३ वटा कार्यपत्र प्रस्तुत भई समूहगत रुपमा छलफल गरी निष्कर्È निकालिने बताइएको छ ।

सम्मेलनमा लोकतान्त्रिक संविधानका अन्तर्वस्तु र तीनको विवेचना, न्यायपालिका र कार्यपालिकासँग सम्बन्धित काम कारबाहीको समीÔा, आर्थिक विकास, वाणिज्य कानुन र पेसागत दÔतालगायतका विÈयमा छलफल गरी निष्कर्È निकालेर चितवन घोÈणापत्र जारी गरिने बारका अध्यÔ कार्कीले जानकारी दिनुभयो ।

हरेक तीन÷तीन वर्षमा हुने सम्मेलन यसअघि काठमाडौँमा भएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना