• १२ वैशाख २०८१, बुधबार

सुन्दर साधुटार (फोटो फिचर)

blog

पाँचथरको सुन्दर साधुटारमा पुगेर रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, कात्तिक ७ गते । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ८ को साधुटार घुमघामका लागि आकर्षक र रमणीय गन्तव्यका रूपमा स्थापित भएको छ ।

पहाडको टाकुरामा सुन्दर पोखरी, पोखरीको पृष्ठभूमिमा रहेका कञ्चनजङ्घा र कुम्भकर्ण हिमशृङ्खलाको दृश्यसँगै पोखरी भित्र देखिने हिमाल र त्यसको प्रतिछायाँले यहाँ पुग्नेको मन लोभ्याउँछ ।

साधुटार पाँचथरसँगै इलाम, झापा, मोरङदेखि तेह्रथुम र ताप्लेजुङका आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । साधुटारमा पुगेर फोटो खिच्ने, टिकटक बनाउनेसँगै म्युजिक भिडियो र चलचित्र छायाङ्कन गर्नेका लागि आकर्षण बनेको छ । साधुटार पुग्न मेची राजमार्गको इलाम फिदिम सडक खण्डमा पर्ने पौवा भन्ज्याङदेखि तीन किलोमिटर कच्ची बाटो जानुपर्छ ।