दुर्घटनाबाट जोगिन हरिया बोटबिरुवा हटाउँदै स्थानीयवासी

रुपक पुरी

सिन्धुपाल्चोक, चैत ४ गते । हरिया रुखबिरुवामा करेन्ट सर्ट भएर दूर्घटना बढ्न थालेपछि सिन्धुपाल्चोक बतासे गाबिसमा स्थानीयवसीले आफ्नै सक्रियतामा विद्युतका मुख्य र शाखा प्रशारण लाइनसँग जोडिएका अवरोध हटाउन अभियान सुरु गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणलाई पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि सिँगै गाउँका स्थानीयवासी एक जुट भएर बिद्युत तारलाइ छोएका स्थानहरुमा रुखबिरुवा फाँड्न सुरु गरेका हुन् । वडा नं १ र २ का अवरोध हटाइसकिएको छ भने नौ ओटै वडामा बिद्युतको तारलाई छोएका ठाउँहरुमा रहेका उतिस, कटुस,बाँसलगायत  अरु हरिया बोटबिरुवा हटाउन थालेको र यो अभियान गाउँभरी बिस्तार गरिने बतासेका स्थानीय निरबहादुर तामाङले बताउनुभयो । सिन्धुपाल्चोकमा पछिल्लो चार बर्षको अवधिमा बिद्युतिय दुर्घटनामा परेर ३१ जनाको अकालमा ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ । अहिले पनि अधिकाँश ग्रामिण बस्तीमा बिद्युत तार अस्तब्यस्त छन् भने पोलहरु मक्किएर दूर्घटना हुने खतरा बढी छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना