• ७ वैशाख २०८१, शुक्रबार

दश बोरा पटका नष्ट

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ३१ गते । बर्दिया प्रहरीले अवैध पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ । 

सोमबार एक लाख २० हजार मूल्य बराबराको १० बोरा पटका ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटेको प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो । 

बर्दियाको राजापुर नगरपालिका–४ विशाल बजारस्थित मनोज गुप्ताको घरमा कोठा भाडामा लिएर बस्ने राजा भन्ने मेराजुदिन अन्सारीले भारतबाट पटका ल्याएर भण्डारण गरेर राखेको अवस्थामा प्रहरीले पटका बरामद गरेको जनाएको छ ।

उक्त पटका ईलाका प्रशासन कार्यालय राजापुर बर्दियाका कार्यालय प्रमुख सुनिल दत्त, राजापुर नगरपालिका–४ का वडा अध्यक्ष बिदुर पोख्रेल, राजापुर भन्सार कार्यालयका प्रतिनिधि पत्रकार तथा स्थानीयको रोहबरमा नष्ट गरिएको बर्दिया प्रहरीले जनाएको छ