• १६ चैत २०८०, शुक्रबार

महिला भलिबल : पुलिस, एपीएफ, गण्डकी र बागमती सेमिफाइनलमा

blog

महिला भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

अमृतप्रसाद पौडेल

म्याग्दी, असोज ३१ गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ, गण्डकी प्रदेश र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् ।

सोमबार भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई २५–१५, २५–१८, २५–१० को सोझो सेटमा हरायो । दोस्रो खेलमा बाग्मती प्रदेशले सुदूरपश्चिमलाई २५–१२, २५–१५, २५–२३ को सोझो सेटमा हरायो । 

तेस्रो खेलमा नेपाल पुलिस क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५–१३, २५–२०, २३–२५, १४–२५, १५–१३ को प्रतिस्पर्धात्मक सेटमा स्तब्ध बनायो । अन्तिम खेलमा गण्डकी प्रदेशले प्रदेश –१ लाई २५–१०, २५–१०, २५–१७ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनायो ।