• १२ वैशाख २०८१, बुधबार

पदक तालिकामा आर्मीको अग्रता कायमै

blog

पोखरा, असोज ३१ गते । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ४४ स्वर्ण, ३१ रजत र २४ कांस्य पदक सहित कुल ९९ पदक हात पारिसकेको छ ।

दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदक सहित ४९ पदक जितेको छ । अर्को विभागीय टिम एपिएफले १४ स्वर्ण, २० रजत र २५ कांस्य पदक सहित कुल ५९ पदक जितिसकेको छ । 

यसैगरी बागमती प्रदेशले ११ स्वर्ण, १९ रजत र १५ कांस्य सहित कुल ४५ पदक हात पारेको छ । गण्डकी प्रदेशले ८ स्वर्ण, ६ रजत र १६ कांस्य पदक सहित ३० पदक जितेको छ। यता एनआरएनएले ४ स्वर्ण, ३ रजत ४ कांस्य सहित ११ पदक,  प्रदेश १ ले २ स्वर्ण ६ रजत र १६ कांस्य सहित २४ पदक जितेको छ ।  

यसैगरी मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ७ कांस्य, लुम्बिनी प्रदेशले १ स्वर्ण, ७ रजत र ८ कांस्य, सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, १ रजत, १० कांस्य सहित १२ पदक र कर्णाली प्रदेशले १ स्वर्ण, २ कांस्य पदक सहित ३ पदक हात पारेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।