• ८ वैशाख २०८१, शनिबार

मतपेटिका ढुवानीमा सुरक्षा निकायको सवारीसाधन प्रयोग नगरौँ : महानिरीक्षक अर्याल

blog

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल । फाइल तस्बिर

काठमाडौं, असोज ३१ गते । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग गर्दा उपयुक्त नहुने बताउनुभएको छ ।

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा बोल्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यस्तो धारणा राख्नुभएको हो ।

मतदानपछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारी साधनमा मतपत्र ल्याएको कारणले आफूहरू हार्नुपरेको आरोप लाग्ने गरेको भन्दै सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको सवारीसाधन प्रयोग नगर्न सुझाव दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भन्नुभयो, ‘‘निर्वाचनमा सुरक्षा निकायले सबै स्थानमा राम्रो भयो । कुनै एक स्थानमा नराम्रो भयो भने विभिन्न आरोप सबै सुरक्षा निकायले खेप्नुपर्ने हुन्छ । त्यो भएकाले सबैले संवेदनशील भएर सबै सुरक्षा निकायलाई त्यही अनुसार परिचालन गर्नुहोला । चुनाव सकिएपछि मतपत्र ढुवानीको बेलामा सुरक्षा निकायको सवारी प्रयोग नगर्ने भन्नेछ । त्यो दिन ल्याउनुपर्ने भन्ने पनि हुनसक्छ । त्यो सुरक्षा निकायको सवारीमा ल्याउँदा चुनावमा हारजित कसको हुन्छ । त्यो बेला सुरक्षा निकायको सवारीमा ल्याएकाले यस्तो भयो भन्ने हुनसक्छ । त्यो भएकाले सकेसम्म सुरक्षा निकायको सवारी चुनाव सकिएपछि मतपत्र बोक्न प्रयोग नगर्दा राम्रो हुन्छ ।’’

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निर्वाचनमा अन्त्यतै संवेदनशील भएर सुरक्षाकर्मीहरू परिचालन गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । निर्वाचनमा एउटा समूहको गल्तीका कारण त्यसको पूर्ण प्रणालीमा असर पर्ने भएकाले सुरक्षाकर्मी परिचालनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘प्रहरी अतिरिक्त महानिरीक्षक लोहनीले भन्नुभयो, ‘‘मङ्सिर ४ गतेको निर्वाचनमा नयाँ अस्थायी मतदान केन्द्र राख्ने आयोगको योजना छ । नयाँ विषय वस्तु आउँदा केही समस्या आउँछ । सुरक्षा निकायहरूको ब्यारेकमा हुने र जेलहरूमा हुने निर्वाचनमा समयमा नै अनुगमन गर्ने जस्ता विषयमा विचार पुर्‍याउन सकेनौँ भने पछि प्रहरीलाई अबगाल आउने वा प्रश्न उठ्न सक्छ ।’’

बैठकमा बोल्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले अस्थायी मतदान केन्द्रमा परिचालित हुने सुरक्षाकर्मीबारे आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनको मौन अवधिमा शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन स्थानीय राजनीतिक दलहरूसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

‘‘१४ गते मात्रै अस्थायी मतदान केन्द्र निर्धारण हुन्छ । एउटा जिल्लामा कम्तीमा ५ वटा अस्थायी केन्द्र हुने भन्नेछ । जिल्लाका ५ वटा अस्थायी मतदान केन्द्रमा ८ जनाका दरले प्रहरी परिचालन गर्न भनेका छौँ । सकेसम्म नजिकै मतदान केन्द्र भएको स्थानमा केन्द्र बनाउँदा कर्मचारीको समस्या आउँछ । त्यो विषयमा सोच्नुपर्ने जस्तो लाग्छ । निर्वाचनको मौन अवधिको अघिल्लो दिन घोषितरुपमा कार्यक्रम नभए पनि जिल्लाका कुना कुनामा मान्छेहरू जम्मा हुने अघोषित रूपमा र्‍याली सवारी साधनहरू अत्यधिक रूपमा प्रयोग भएर निर्वाचन आचारसंहिताको पालना नहुने हुन्छ । पहिला कार्यक्रम घोषणा नभएको तर त्यो काम हुने हुँदा त्यहाँ झडप हुने गरेका छन् । त्यो विषयमा स्थानीय दलहरूसँग समन्वय गर्नुपर्छ ।’’

प्रहरी अतिरिक्त महानिरीक्षक लोहनीले निर्वाचनको मौन अवधिमा झडप हुनसक्ने भन्दै आवश्यक ध्यान दिन आग्रह गर्नुभयो ।