• १५ चैत २०८०, बिहिबार

कांग्रेसका बागी बुर्लाकोटीले गराउनुभयो उम्मेदवारी निष्क्रिय

blog

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा (बीचमा), गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित अन्य नेता । तस्बिर : प्रधानमन्त्री निजी सचिवालय

काठमाडौं, असोज ३१ गते । चितवन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्ने बताउनुभएको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्नुहुँदै चितवन क्षेत्र नम्बर १ मा रहेको आफ्नो स्वतन्त्र उम्मेदवारी आजकै मितिदेखि निष्क्रिय भएको घोषणा गर्नुहुँदै बुर्लाकोटीले सो कुरा बताउनुभएको हो ।

उहाँले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । पार्टीले सम्मानजनक भूमिका दिने विश्वास दिलाएकाले आफूले उम्मेदवारी निष्क्रिय बनाएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।


‘‘मैले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुने इच्छा व्यक्त गरे पनि पार्टीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्वनाथ पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको थिएँ ।,’’ बुर्लाकोटीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ, ‘‘तर मैले जीवनभर नेपाली कांग्रेसप्रति गरेको त्याग, सङ्घर्ष र मेहनतका कारण मैले नेपाली कांग्रेसको उम्मेदवार हुँदा हुँदै स्वतन्त्र उम्मेदवारी बनिरहन सकिन । पार्टीले मलाई सम्मानजनक भूमिका दिने विश्वास दिलाएकाले चितवन क्षेत्र नम्बर १ मा रहेको मेरो  स्वतन्त्र उम्मेदवारी आजकै मितिदेखि निष्क्रिय भएको घोषणा गर्दछु ।’’