• १६ चैत २०८०, शुक्रबार

महिला क्रिकेट : नेपाल पुलिस र एपीएफ फाइनलमा

blog

काठमाडौं, असोज ३१ गते । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच उपाधि भिडन्त हुने भएको छ ।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा ज्योति पाण्डेको अविजित ६९ रनको सहयोगमा पारीमा एपीएफले लुम्बिनी प्रदेशलाई ६७ रनले हरायो ।

एक सय ३० रनको विजय लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले एक सय २९ रनको योगफल तयार गरेको थियो ।

यसैगरी अर्को सेमिफाइनल खेलमा पुलिसले बागमती प्रदेशलाई ३६ रनले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो ।

एक सय २४ रनको विजय लक्ष्य पछ्याएको बागमती ८७ रनमा समेटिएको थियो । फाइनल खेल मङ्गलबार हुनेछ ।