• ११ वैशाख २०८१, मङ्गलबार

शताब्दी पुरुष जोशीको निधनमा भोलि सार्वजनिक बिदा

blog

काठमाडौं, असोज ३१ गते । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जोशीको निधनको शोकमा सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था, विदेशस्थित कूटनीतिक नियोगहरूमा कात्तिक १ गते मङ्गलबार सार्वजनिक दिने निर्णय भएको जानकारी दिनुभयो ।

साथै राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि नेपाल सरकारले गरेको जारी विज्ञप्तिमा उल्लेख  छ । जोशीको आइतबार बिहान निधन भएको हो ।