• १३ वैशाख २०८१, बिहिबार

नेप्से परिसूचक २.६१ अङ्कले गिरावट

blog

काठमाडौं, असोज ३१ गते । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक २.६१ अङ्क घटेर १८५८.३३ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.२० अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अङ्कले घटेको छ ।

कारोबारमा आएका २१९ कम्पनीको १६ लाख ३१ हजार कित्ता शेयर ५१ करोड ५८ लाख १८ हजार रुपियाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा सोमवार कारोबार रकम समेत घटेको छ । हिजो ८० करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंक, होटल तथा पर्यटन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक घटेपनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा अभियान लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, आइतबारबाट कारोबारमा आएको पिपुल्स पावर कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशत घटेको छ । आज नबिल बैंकले दुई करोड ७९ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको दुई करोड ६१ लाखको शेयर खरिद बिक्री भएको छ ।