• १६ चैत २०८०, शुक्रबार

महिला भलिबल: एपीएफ र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश

blog

ठाकुरप्रसाद आचार्य  

म्याग्दी, असोज ३१ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याग्दीको बेनीमा भएको महिला भलिबल प्रतियोागिताको क्वाटर फाइनलको प्रतिस्पर्धाबाट एपीएफ क्बल र बागमती प्रदेशले सेमिफाइनलको यात्रा तय गरेका छन् । 

सोमबार भएको क्वाटरफाईनलमा एपीएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्बिनी प्रदेशमाथि जित निकालेको थियो । 

यसैगरी, सुदुरपश्चिम प्रदेशसँग भएको क्वाटरफाइनल प्रतियोगिताको दोस्रो खेलमा सोझो तीन सेटमा जित निकाल्दै बागमती सेमिफाइनलमा प्रवेश गरेको छ । सुदुरपश्चिमसँग बागमतीले २५–१२, २५–१५ र २५–२३ को खेलमा नतिजा आफ्नो पक्षमा निकालेको हो । 

दिउँसो १ बजे आर्मी र नेपाल पुलिस क्लब र ३ बजे गण्डकी प्रदेश र प्रदेश १ का बीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहभागी छन् ।