• ७ वैशाख २०८१, शुक्रबार

भारतीय आर्मी बुढालाई कीर्तिमानसहित स्वर्ण

blog

स्वर्ण जितेपछि दुर्गाबहादुर बुढा । तस्बिर : विकास द्वारे

प्रजित शाक्य

पोखरा, असोज ३१ गते । नवौँ राष्ट्रिय खेलकुद सुरु हुनुअघि नै विवादित धावक कर्णालीका दुर्गाबहादुर बुढाले तीन हजार मिटर पुरुष स्टिपल चेजको उपाधि जितेपछि पोखरा रड्गशालाको एथलेटिक्स ट्रयाक केहीबेर तनावपूर्ण बन्यो ।

भारतीय आर्मी भएको आधारमा दुर्गाबहादुरले भारतको प्रतिनिधित्व गर्दै सन् २०१७ मा २२औँ एसियन एथलेटिक्स च्याम्पियन्सीप खेल्नुभएको थियो ।

त्यसैले भारतीय सेना दुर्गाबहादुरले खेल्ने पक्का भएपछि नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले संयुक्तरुपमा उहाँलाई सहभागी नगराउन उजुरी दियो ।

भारतका लागि एसियन एथलेटिक्स च्याम्पियन्सीपमा खेलेको र १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालले बोलाउँदा पनि सहभागी नभएको हुँदा उहाँलाई खेलाएमा अन्य खेलाडी हतोत्साही हुने उजुरीमा उल्लेख छ । सो उजुरी सदर भएन र उहाँले तीन हजार मिटर स्टिपल चेजमा दौडनुभयो ।

दुर्गााबहादुरले सोमबार राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितेर आफूलाई विरोध गर्नेहरुलाई मिठो जवाफमा पनि दिनुभयो । पोखरा रड्गशालाको एथलेटिक्स ट्रयाकमा दुर्गााबहादुरले निर्धारित दूरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्नुभयो ।

उहाँले १८ वर्षअघि राजेन्द्र भण्डारीले पाकिस्तानको इस्लामाबादमा राखेको ८ मिनेट ५७.३० सेकेन्डको कीर्तिमान भड्ग गर्नुभएको हो ।

एपीएफका अजित यादवले ९ मिनेट २१.१० सकेन्ड समय लगाएर रजत र आर्मीका सुवा कार्कीले ९ मिनेट२१.१० सेकेन्डमा दौड पूरा गरी काँस्य पदक जित्जनुभयो ।

दुर्गााबहादुरको सफलता कर्णाली प्रदेशका लागि नवौँ राष्ट्रिय खेलकुदमा पहिलो स्वर्णपदक पनि भएको छ । दुर्गााबहादुरले आठौँ राष्ट्रिय खेलकुदमा दस हजार मिटर दौडमा पनि कर्णालीलाई स्वर्णपदक दिलाउनुभएको थियो

धावक दुर्गाले रोजीरोटीका लागि भारत पुगेको र त्यहाँ खेल्ने अवसर आएकोलेमा भारतीय सेनाको आधारमा त्यहाँबाट खेलेको तर अब दुई देश रोज्नुपर्दा नेपाल नै पहिलो रोज्ने बताउनुभयो ।

यसपटक यहाँ जित्ने पहिले नै विश्वास थियो अब पाँच हजार मिटरमा पनि खेलेर कर्णालीला दोस्रो स्वर्ण दिलाउनेछ, उहाँले भन्नुभयो ।

आठौँ राष्ट्रिय खेलकुदमा उहाँले कर्णालीकै प्रतिनिधित्व गरेर दस हजार मिटर दोडमा स्वर्णपदक जित्नुभएको थियो । आठौँपछि नेपालमा पहिलो पटक नवौँमा नै खेल्नुभएको हो ।

स्वर्णपदक जित्न एउटा इभेन्ट चयन गर्नुपर्ने भएकोले आफूले म्याराथन त्यागेर स्टिपल चेजलाई रोजेको हुँ, जुन सही सावित भएको छ– उहाँले भन्नुभयो । उहाँले यस जितको श्रेय आफ्ना गुरु हरि रोकायालाई दिनुभयो ।

प्रशिक्षक रोकायाले पनि सागको क्याम्पमा बोलाएको समयमा यहाँ अर्को धावकले अवसर पाउने र दुर्गााबहादुरले पनि स्विट्जरल्यान्डमा राम्रो अन्तर्राष्ट्रिय दौडमा सहभागी हुने मौका पाउने भएकाले आफैँले त्यहाँ खेल्न सुझाएको खुलासा गर्नुभयो ।