• १२ वैशाख २०८१, बुधबार

शेख रसेल कप चेसमा नेपालको दोस्रो हार

blog

काठमाडौं, असोज ३१ गते । शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपमा नेपालले दोस्रो हार खेपेको छ ।

बङ्गलादेशको राजधानी ढाकामा जारी च्याम्पियनसिपको चौथो राउण्डको खेलमा श्रीलङ्कासँग ०.५–३.५ ले हार खेप्दै नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा झरेको छ । 

चौथो राउण्डमा नेपालका लागि सिंगेश्वर दास मात्र अङ्क जोड्न सफल हुनुभयो । तोस्रो बोर्डमा प्रतिस्पर्धा प्रतिस्पर्धा गरिरहेका दासले आफ्नो अपराजित यात्रा कायम गर्ने क्रममा आफुभन्दा उच्च वरीयताका श्रीलङ्काली खेलाडी कालुआराचि अचिन्था सामेनलाई बराबरीमा रोक्न सफल हुनुभयो । 

नेपालमा फिडेमास्टर रिजेन्द्र राजभण्डारी श्रीलङ्काली इन्टरनेशनल मास्टर डि सिल्भा एलएमएसटीसँग पराजित हुनुभयो । अर्का फिडेमास्टर विलमलाल श्रेष्ठ अर्का फिडेमास्टर रनिन्दु दिलसान लियानागेसँग र राजेन्द्रप्रसाद श्रेष्ठ लिसरा समाधिथ तेनाकुनसँग पराजित हुनुभयो । 

चार राउण्डको समाप्तिसँगै आयोजक बङ्गलादेश आठ अङ्कका साथ शीर्षस्थानमा छ । ६ अङ्क बनाएको श्रीलङ्का दाेस्रो स्थानमा छ  समान चार चार अङ्क बनाएका नेपाल र पाकिस्तान तेस्रो र चौथो स्थानमा छन् ।

पाँचौं तथा अन्तिम राउण्डमा नेपालले आयोजक बङ्गलादेशको सामना गर्नेछ । सुपर लिग प्रवेशका लागि नेपालको गणितीय सम्भावना कायम नै छ ।

सुपरलिगमा शीर्षस्थानमा रहँदै च्याम्पियन बन्ने टोलीले चार हजार अमेरिकी डलर, दोस्रो दोस्रोले तीन हजार र तेस्रो हुनेले दुई हजार डलर पुरस्कार प्राप्त गर्नेछन् ।