• १६ चैत २०८०, शुक्रबार

युरो नेपाल कलाकार सङ्घ बेल्जियमको कार्यक्रम सम्पन्न

blog

बेल्जियम, असोज ३१ गते । युरो नेपाल कलाकार सङ्घ बेल्जियमले देउसी भैलो शुभकामना साँझ कार्यक्रम सम्पन्न गरेको छ । एन्टरपेन शहरमा बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो  ।

युरोपमा नेपाली भाषा ,कला संस्कृतिको जगेर्ना गर्न युरो नेपाल कलाकार सङ्घ बेल्जियमले  सकारात्मक भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा नेपाली गीत सङ्गीतमा अतुलनीय योगदान गरेबापत सङ्घका संस्थापक मीन गुरुङलाई  सम्मानपत्र प्रदान गरिएको थियो । 

उक्त कार्यक्रमको उद्घाटन महामहिम राजदूत , अध्यक्ष बलराम पुन र संस्थापक अध्यक्ष मीन गुरुङले संयुक्त रूपमा  पानसमा दीप प्रज्वलन गर्दै गर्नुभएको थियो । गैर आवासीय नेपाली सङ्घ बेल्जियमका उपाध्यक्ष विशेष अतिथि तीर्थ धमलाले सङ्गीत नेपाली भाषा कला संस्कृतिको जगेर्ना गर्न अतुलनीय योगदान कलाकार सङ्घको रहेको बताउनुभयो  । कार्यक्रममा विभिन्न साङ्गीतिक प्रस्तुति गरिएको थियो । 

Author

इन्दिरा चाम्लिंग