• ११ वैशाख २०८१, मङ्गलबार

‘पौभा ह्वेयर दी डिभिनिटिज रिसाइड’ लोकार्पण

blog

ललितपुर, असोज ३१ गते । पौभाकलाका सिद्धहस्त शिल्पी कलाकार उजय वज्राचार्यले ‘पौभा ह्वेयर दी डिभिनिटिज रिसाइड’ पुस्तक लेख्नुभएको छ। 

ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य र ललितपुर महानगरका उपमेयर मञ्जली शाक्य वज्राचार्यले पुस्तक लोकार्पण गर्नुभयो। 

पौभाका बारेमा आजका दिनमा कलाकारहरू आफैँले खोज, अनुसन्धान गरी पुस्तक प्रकाशन गर्नु सुखद पक्ष रहेको पनि कुलपति कर्माचार्यले बताउनुभयो। देशको चिनारीका रूपमा रहेको पौभा कला नेपालको माटोमा जन्मिएको कला भएकाले यसको प्रवद्र्धन र बजारीकरण आवश्यक रहेको उपमेयर वज्राचार्यले बताउनुभयो।

कलाकार उजय वज्राचार्यले पुस्तक लेखनका विषयमा प्रकाश पार्दै विदेशीले मात्र हाम्रो कलाका बारेमा केही लेखेका भए पनि नेपाली लेखक र कलाकारका पुस्तक कम रहेको अवस्था बुझेर पुस्तक लेखनमा लागेको हुँ भन्नुभयो। कार्यक्रममा डा. नरेश शाक्य, सुजाता शाक्यलगायतले आआफ्ना भनाइ राख्नुभएको थियो।