• १६ चैत २०८०, शुक्रबार

दुई वर्षमा जोरपाटी-साँखु सडकखण्ड निर्माण गर्ने घर्तीको घोषणा

blog

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालगायत शीर्ष ने

काठमाडौं, असोज ३० गते। पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्ती मगरले आफू निर्वाचित भए दुई वर्षभित्रमा जोरपाटी-साँखु सडकखण्ड निर्माण सम्पन्न गर्ने बताउनुभएको छ। 

सत्ता गठबन्धनको काठमाडौं क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवार घर्तीले सो अवधिमा निर्माण कार्य सम्पन्न हुन नसके आफूले पदबाट राजीनामा दिनेसमेत बताउनुभयो। उहाँले साँखु बजार र शाली नदीको पर्यटकीय विकासमा ध्यान दिने पनि बताउनुभयो।

उहाँले भन्नुभयो, “जोरपाटी–साँखु सडकको स्तरोन्नति तथा सम्पन्न गराउने काम जसरी ढिलाइ भएको छ, म घोषणा गर्न चाहन्छु आगामी दुई वर्षमा यदि त्यो कार्य मैले सम्पन्न गर्न सकेन भने म राजीनामा गर्छु। नोट गर्नुस्। ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व राख्ने शहर साँखु बजार तथा शालीनदी यसको पर्यटकीय विकास तथा जर्सिङ पौवालाई जीवित सङ्ग्रहालयको रूपमा विकसित गर्नेछु। दक्षिणढोका, मुलपानी लगायत विभिन्न क्षेत्रमा हुने डुबानको समस्या छ यसमा म योजना बनाएर काम गर्नेछु।”

घर्तीले दक्षिणढोका, मुलपानी लगायतका क्षेत्रमा हुने डुबानको समस्यालाई समाधान गर्न योजना बनाउने तथा व्यावसायिक तरकारी, फलफूल खेतीको विस्तार, रोजगारी वृद्धि गर्ने कामलाई उच्च प्राथमिकता राख्ने बताउनुभयो। मुलपानीमा निर्माणाधीन क्रिकेट रङ्गशालाको काम छिट्टै सम्पन्न गराउने, युवालाई रोजगारी र खेलकुदमा जोड्ने कार्यक्रम बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। 

“एयरपोर्ट निर्माणका क्रममा विभिन्न क्षेत्रबाट प्रभावित हुनुभएका जे समस्याहरू छन् यसको समाधानमा मेरो पहिलो प्राथमिकता हुनेछ। कोटेश्वरको जाम या ट्राफिकलाई हटाउन मैले आवश्यक पहलकदमी अगाडी बढाउनेछु। कृषि तथा वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन कलेज नाङ्लेभारेमा निर्माण भइरहेको छ। सञ्चालनमा ल्याउन पहलकदमी लिनेछु। साँखुको ढल निकासमा ध्यान दिनेछु”, उहाँले बताउनुभयो।