• ६ चैत २०८०, मङ्गलबार

सादा खाना र लामो आयु

सत्यमोहनको सादा जीवन

blog

काठमाडौं, असोज ३० गते। 

‘के खायो रेलिमै के लायो होला,

मेरो माया रेलिमै वनको जुरेली चरीले।’

गाउँका अशिक्षित मानिसले गाएको गीत हो यो। जसबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ज्ञान प्राप्त गर्नुभएको थियो। 

जीवनमा वाङ्मय शताब्दी पुरुषको एउटै मात्र सिद्धान्त थियो। ‘सादा जीवन उच्च विचार’। र जुरेली जोशीको गुरु हो। त्यसैले ‘द फिलोसोफि अफ स्याटिस्फ्याक्सन’ अर्थात् त्यही जुरेलीको सन्तोष जुन जोशीको मनमा थियो। 

‘असन्तोषी सदा दु:खी, सन्तोषी सदा सुखी’ यस सिन्द्धान्तलाई अंगालेर जोशीको १०३ वर्षीय यात्रामा उहाँको मनमा सधैँ सन्तुष्ट रहने गर्‍थ्यो। 

सय वर्ष कटिसक्दा पनि स्वस्थ र फुर्तिलो हुनुमा उहाँको प्रमुख कारण थियो। उहाँ धूम्रपान गर्नुहुन्न थियो। उमेरले पाको भएपनि खोकी, दम, मधुमेह र उच्च रक्तचाप जस्ता कुनै पनि रोग थिएन जोशीमा। कुनै प्रकृतिका औषधिको प्रयोग पनि गर्नुहुन्थेन जोशीले। 

साधारण जीवन जिउने चाहना राखेका जोशीको ‘प्लेन लिभिङ हाई थिन्किङ’ मा सयौँ यात्रा बित्यो। भोलि के होला, के खाने, कहाँ जाने, कोसँग भेट गर्ने जस्ता केही विचार हुँदैन जुरेलीमा। त्यसैले भोलिको लागि भोलि नै व्यवस्था गर्ने शक्ति जुरेलीमा रहने गर्छ। त्यो जुरेली जस्तै सारा जीवन आनन्दसँग बिताउने, कुनै किसिमको उत्तौलेपन नभएको तर विचार अर्थात् चिन्तन गर्ने शताब्दी पुरुष हुनुहुन्थ्यो जोशी। 


जोशीको आफ्नै शब्दमा भन्नुभएको थियो, “मेरो आमाले मलाई जन्म दिनुको एउटै उद्देश्य थियो। अहिले म जे छु त्यो आमाको पेटबाट बनेको हो अर्थात् मेरो मुख, हात, आँखा लगायत सबै अङ्ग आमाको देन हो। १० महिना आमाले पेटमा बोक्दा कति दुःख भयो होला। तर, आज म जे छु यो सबै मेरो चिन्तन मनन् हो। जुन कुराको विचार हामी गर्दैनौँ।” 

जोशी भन्ने गर्नु हुन्थ्यो, “चिन्तन मनन् ईश्वरीय देन हो। जुन नदेखिने गरी ईश्वरले हामीलाई दिनुभएको वरदान हो। आज संसारलाई बुझौँ, विचार गरौँ अनि एकदिन सबैको पालो आउँछ, सबैलाई यो संसार त्यागेर टाढा जानु नै छ।” 

चिन्ता धेरै भएमा मानिसको आयु कम हुने जोशीको विश्वास थियो। जीवनलाई राम्रो बनाउन परमात्मा सत्य हुनुपर्छ। जुन जानियो भने जीवन सुखमयमा बित्ने उहाँको भोगाइसमेत थियो। जोशीको सादा जीवन उच्च विचारजस्तै १०३ वर्ष बाँच्नुमा सादा खाना अर्थात् दाल भात तरकारीको पनि उत्तिकै महत्त्व रह्यो। 

यति धेरै वर्ष बाँच्नुको मुख्य कारण चिन्तन मनन् रहेको उहाँ बताउने गर्नुहुन्थ्यो। एक डेढ घण्टासम्मको पैदल बाटोमा उहाँ सकेसम्म बस वा कुनै पनि सवारीसाधन चढ्नुहुन्नथ्यो। उहाँ सधैँ दौरा सुरुवाल, कोट, टोपी लगाएर मात्र घरबाट निस्किनु हुनुहुन्थ्यो, उहाँको पहिचान पनि थियो।  

शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम श्रद्धाञ्जलि

चकचके जोशी बन्धनमुक्त : जब ‘माँ’ भनेर चिच्याएपछि....

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

बिना पासपोर्ट सत्यमोहन जोशीको पहिलो विदेश यात्रा

सबैका सत्यमोहन 

पाल्पामा ७५ वर्षअघि प्लेग फैलदा 'लकडाउन' भएको थियो

सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का निस्कासन

 सत्यमोहनको दीर्घायु सूत्र : भोलिको चिन्ता नगर

 ‘क्यानभासमा सत्यमोहन बा’

आशीर्वाद दिन्न, ज्ञान दिन्छु : सत्यमोहन