• १६ चैत २०८०, शुक्रबार

स्रोत नखुलेको १३ लाखसहित एक पक्राउ

blog

स्रोत नखुलेको १३ लाख रुपियाँसहित पक्राउ परेका व्यक्ति । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, असोज ३० गते । कपिलवस्तुमा स्रोत नखुलेको १३ लाख आठ सय रकमसहित एक जना पक्राउ परेका छन् । प्रहरीले कपिलवस्तु कृष्णनगर नगरपालिका –२ गणेशपुर चोकस्थित कृष्णनगर चन्द्रौटा सडकखण्डमा कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु १ ख २३९७ नम्बरको बसलाई गोप्य सूचनाको आधारमा चेकजाँच गर्नेक्रममा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो । 

पक्राउ पर्नेमा बस चालक जिल्ला प्युठान, प्युठान न.पा. –८ मानागाँउ बस्ने वर्ष ३४ को सुनिलबहादुर पुनमगरले सोही गाडीको अगाडि बनोटको भागमा लुकाई छिपाई राखिएको अवस्थामा पक्राउ गरिएको घलेले बताउनुभयो । 

मगरलाई पक्राउ गरी अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय बुटवल रुपन्देहीमा पठाइएको उहाँले बताउनुभयो । पक्राउ गरिएको सबै नेपाली नोट रहेको प्रहरीले जनाएको छ ।