• ७ वैशाख २०८१, शुक्रबार

महिला भलिबलमा एपीएफको जित

blog

महिला भलिबलमा प्रतिस्पर्धा गर्दै एपीएफ र आर्मी । तस्बिर : राखेप

काठमाडौं, असोज ३० गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा एपीएफले जित निकालेको छ । बेनीको खुलामञ्च मैदानमा आइतबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ३–१ को सेटमा हरायो ।

एपीएफले २५–२०, १९–२५, २५–२१, २५–२३ को जित निकालेको थियो । जितसँगै समूह ‘ए’ बाट एपीएफ र आर्मी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हारे पनि आर्मी समूह उपविजेता बन्दै अघिल्लाे चरणमा पुगेको हो । 

यसैगरी दोस्रो खेलमा बागमती प्रदेशले मधेशप्रदेशलाई ३–० को सोझो सेटमा हरायो । बागमतीले २५–६, २५–८, २५–५ को जित निकालेको थियो । लिगचरणको प्रतियोगिता सकिएसँगै आठ टोली क्वार्टरफाइनलमा प्रवजेश गरेका छन् । मधेश प्रदेश र कर्णाली प्रदेश लिगचरणबाट वाहिरिएका छन् । सोमबार देखि क्वार्टरफाइनल खेल हुनेछ ।