• १३ वैशाख २०८१, बिहिबार

कात्तिक १८ मा ‘लाखे’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ३० गते  । सस्पेन्स थ्रिलर चलचित्र ‘लाखे’ पूर्वनिर्धारितभन्दा एक साता पर सर्दै कात्तिक १८ मा दर्शकमाझ आउने भएको छ ।

सम्राट बस्नेत निर्देशित चलचित्र लाखेमा सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा हुनुहुन्छ । 

सिजन अर्यालको कथा र निर्माण रहेको चलचित्रको निर्मातामा डीपी भण्डारी र गणेश मल्ल ठकुरी (जीएम) हुनुहुन्छ । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्र सुजन प्रजापतिले खिच्नुभएको हो भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्वन्द्व निर्देशन रहेको चलचित्रको गीतमा दीपक वज्राचार्य र हर्कुलस बस्नेतको सङ्गीत छ । औरियन प्रोडक्सनले ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मकोे पटकथा आकाश बरालले गर्नुभएको छ भने संवादमा उहाँलाई अनुप न्यौपानेले सघाउनुभएको छ ।