• ६ चैत २०८०, मङ्गलबार

विमानस्थलमा स्थानीयलाई योग्यता अनुसारको रोजगारी: गृहमन्त्री खाण

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, असोज २९ गते । गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउने बताउनुभएको छ । 

रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार रहनुभएका कांग्रेस केन्द्रीय सदस्य खाणले स्थानीयले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र एयरपोर्ट निर्माण सम्पन्न भएकाले विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले योग्यता अनुसारको रोजगारीमा प्राथमिकता पाउने बत्ताउनुभएको हो । 

सिद्धार्थनगर नगरपालिका वडा न १० मा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन समारोहमा बोल्दै मन्त्री खाणले रोजगारी सिर्जनामा सरकार अग्रसर भइरहेको बताउनुभयो ।

मन्त्री खाणले एयरपोर्ट निर्माण हुँदा जसको जग्गा अधिग्रहणमा परेको छ, त्यो परिवारका सदस्यलाई विमानस्थलमा रोजगारीमा योग्यताअनुसार प्राथमिकतामा राख्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

यसबारे आफूले गौतमबुद्ध विमानस्थल प्रमुख र नागरिक उड्डयन प्राधिकरणसँग कुरा गर्ने उहाँको भनाइ थियो ।

मुलुकका प्रधानमन्त्री, मन्त्री, प्रशासक, सुरक्षा निकाय जनताका सेवक भएकाले सदैव जनताको सेवामा लाग्नुपर्ने गृहमन्त्री खाणले बताउनुभयो ।

सिद्धार्थनगर  नगरपालिका वडा नं १० मा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन समारोहमा गृहमन्त्री खाणलगायत ।