एक महिनादेखी फैलिएको झाडापखाला अझ नियन्त्रणमा आउन सकेन

सप्तरी, मंसिर १७ गते । सप्तरीको पिप्रा पश्चिम गाविस वडा नं. १ सदा बस्तिमा विगत एक महिनादेखी फैलिएको झाडापाखाला हालसम्म नियन्त्रणमा आउन सकेको छैन् । 

सो वडाका एक वर्ष मुनिका अधिकांश बालबालिकालाई झाडापाखाला तथा कोल्ड डाईरिया भएको स्वास्थ्य चौकीका प्रमुख अमन कुमार शर्माले जानकारी दिनुभयो । ४० देखि ४५ घरधुरी रहेको सो वडामा करिब ६० जना बालबालिका रहेका छन । जसमध्ये केही बालबालिकाहरुलाई एक महिनादेखि फैलिएको झाडापाखालाबाट प्रभावित छन ।
स्थानीय गिता सदाकी दुई वर्षिय छोरा रबिन सदालाई एक महिनादेखी झाडापाखाला भइरहेको छ तर निको हुन सकेको छैन् । उहाँले भन्नुभयो, “रुपनी स्वास्थ्य चौकीमा गएर आप्mनो छोराको ईलाज गराउँदै छु, तर पनि हाल सम्म निको हुन सकेको छैन ।”
त्यस्तै सोही वडाका शिब नारायण सदाले आफुहरु स्थानीय स्वास्थ्य चौकीमा जाँदा कहिले औषधि छैन भनेर फर्काउने गरेको गुनासो गर्नुभयो ।
यता स्वास्थ्य चौकीका प्रमुख शर्माले आफुहरु बिरामीको उपचार गरेर औषधि समेत दिईने गरेको जानकारी दिनुहुँदै बिरामीका अभिभावकले थप औषधि माँग गर्दा सो औषधि स्वास्थ्य चौकीमा उपलब्ध हुन नसक्दा त्यस्तै प्रतिक्रिया दिएको स्विकार गर्नुभयो ।
प्रमुख शर्माले सदा बस्तीमा झाडापाखाला फैलिनुको मुख्य कारण सरसफाई र स्वच्छ पिउने पानी उपलब्ध नहुनु नै प्रमुख कारण रहेको बताउनुभयो ।
यता पिप्रा पश्चिमका सामाजिक परिचालक उषा चौधरीले सो गाविसमा खानेपानीको समस्या दशकौदेखि रहिआएको जानकारी दिदै जस अन्तर्गत सदा बस्तीमा ४५ घरधुरीमा जम्मा चार वटा टयुवेल मात्र रहेको त्यसमा पनि सफा पिउने पानी आउने नगरेकोले बालबालिकामा झाडापाखाला फैलिएको बताउनुभयो ।
यस्तै ती घरधुरीमा एउटा पनि चर्पी नरहेको उहाँले जानकारी दिनुभयो । चर्पी र शुद्ध खानेपानीको व्यवस्था नरहेकोले सो गाविसमा बारम्बार झाडापाखालाबाट बालबालिकाहरु प्रभावित हुने गरेका छन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना