• १३ वैशाख २०८१, बिहिबार

राष्ट्रपतिद्धारा हात धुने दिवसको शुभकामना

blog

काठमाडौँ, असोज २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ प्रकोप अझै रहेकाले तीनै तहका सरकार, विभिन्न सामाजिक संस्था र निजी क्षेत्रले सञ्चालन गरिरहेको हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले विश्‍व हात धुने दिवसका अवसरमा शुभकामना मन्तव्य दिँदै साबुनपानीले हात धुँदा श्‍वासप्रश्‍वासजन्य रोग एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, जीवाणु एवं विषाणुद्वारा लाग्ने रोगबाट बच्न सकिने कुरा उल्लेख गर्नुभएको छ ।

उहाँले सबै नेपालीले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन विज्ञप्तिमार्फत आह्वान गर्नुभएको छ ।

उहाँले हातको स्वच्छता, स्वास्थ्यको दृष्टिले अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै हात सफा नभएका कारणले नै अनेक सङ्क्रमण भई विश्‍वभर कैयाैँ मानिसले जीवन गुमाउनु परेको तथ्याङ्क सार्वजनिक भइरहेको कुरा उल्लेख गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००८ अक्टोबर १५ तारिखदेखि मनाउन सुरु गरिएको विश्‍व हात धुने दिवस ‘हातको स्वच्छताका लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने नाराका साथ विश्‍वभर मनाइँदै छ ।