• ४ वैशाख २०८१, मङ्गलबार

मधेश प्रदेश सरकारबाट कांग्रेसका तीन मन्त्री पदमुक्त

blog

पदमुक्त तीन मन्त्री फाइल तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, असोज २८ गते। मधेश प्रदेशका सरकारले नेपाली कांग्रेसबाट बनेका तीन जना मन्त्रीलाई शुक्रबार पदमुक्त गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले उनीहरूलाई पदमुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले मधेश सरकारको गठबन्धनका सहयात्री कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई पदमुक्त गरेको प्रदेश सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । 

सङ्घीय सरकारले जसपाका मन्त्रीलाई पदमुक्त गरेपछि उनीहरूलाई मुख्यमन्त्री राउतले फोन गरे राजीनामा दिन भनेका थिए । तर, राजीनामा नदिएपछि मदमुक्त गरिएको हो । पदमुक्त भएका तीनै मन्त्री २०७८ जेठ २६ गते नियुक्त हुनुभएको थियो।