• १५ चैत २०८०, बिहिबार

राष्ट्रिय महिला भलिबल: एपिएफको विजयी यात्रा सुरु

blog

म्याग्दी, असोज २८ गते । म्याग्दीको बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शुक्रवार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले विजयी यात्रा अघि बढाएको छ । 

कर्णाली प्रदेशलाई पहिलो सेटमा ६ का विरुद्ध २५, दोस्रो सेटमा २ का विरुद्ध २५ र तेस्रो सेटमा ७ का विरुद्ध २५ नम्बर ल्याउँदै लगातार तीन सेट जित्न सफल भएको हो । यस खेलमा कर्णालीलाई लगातार तीन सेटमा हराउँदै एपिएफले विजयी यात्रा सुरु गरेको छ । 

यस अघि बिहीबार सुदूरपश्चिमलाई हराउँदै गण्डकी प्रदेशले विजयी यात्रा अघि बढाएको छ । शुक्रवार दोस्रो खेल बाग्मती र प्रदेश १ र दिउँसो नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच हुने भएको छ ।

Author

ठाकुरप्रसाद आचार्य