• १३ वैशाख २०८१, बिहिबार

१२ सिटका लागि कर्णालीमा ७४ उम्मेदवार भिड्दै

blog

सुर्खेत, असोज २८ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावको लागि कर्णालीबाट ७४ जना उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । १० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् । 

१२ सिटका लागि ७४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन् । जसमध्ये २÷२ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सबैभन्दा बढी १७ जना उम्मेदवार बनेका छन् भने दैलेखमा १३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । यस्तै, सल्यानमा ७, डोल्पामा ५, मुगुमा ५, जुम्लामा ५, कालिकोटमा ७, जाजरकोटमा ६, रुकुम पश्चिममा ६ प्रतिनिधि सभाको लागि मैदानमा छन् ।

हुम्लामा भने सबैभन्दा कम ३ जना मात्रै उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । यस जिल्लामा गठबन्धनबाट साझा उम्मेदवारको रूपमा माओवादी, एमाले र राप्रपाका उम्मेदवार रहेका छन् । यस्तै, १० जिल्लामा १३ जना स्वतन्त्र उम्मेदवारहरू रहेका छन् ।

प्रदेश सभाका २४ सिटमा ११६ जना चुनावी मैदानमा 

कर्णालीमा प्रदेश सभा सदस्य पदका लागि ११६ जना चुनावी मैदानमा उत्रिएका छन् । प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र कर्णाली प्रदेशमा रहेको छ । जसमध्ये सबैभन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्दै छन् भने सबैभन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् ।

सुर्खेत र दैलेखमा ४ ÷४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी जिल्लामा २ ÷२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०÷१० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै डोल्पामा ७, मुगुमा ८, जुम्लामा ८, जाजरकोटमा ७ जना उम्मेदवार रहेका छन् । यस्तै प्रदेश सभा सदस्य पदका लागि १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन आयोगको अन्तिम नामावलीमा प्रकाशित तथ्याङ्कमा उल्लेख छ ।

Author

नवीन सुवेदी