के नेपालले पुनरागमन गर्ला ?

Football World  cup Qualiffing coach Nepal  team = rajendraकाठमाडौँ, चैत ३ गते । सन् २०१८ मा रुसको विश्वकप तथा २०१९ मा यएईमा हुने एसिया कपका लागि एसियाली छनोटअन्तर्गत दोस्रो लेगका लागि नेपाल र भारत आज आमने सामने हुँदैछन् । नेपाल पनि चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको उसको मैदानमा भएको पहिलो लेगमा ०–२ ले नै पछि रहेको अवस्था छ । अब नेपालले दोस्रो चरणमा पुग्न गृह मैदानमा कुनै गोल नखाई ३–० ले जित्नुपर्नेछ ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको युरोपेली छनोटको प्ले अपमा युक्रेनमा ०–२ ले पछि परेर भोगेको स्थितिलाई उल्टाउँदै फ्रान्सले आफ्नो घरेलु मैदानमा ३–० ले खेल उल्टाउँदै विश्वकपको टिकट काट्यो ।

नेपालले एक गोल मात्र व्यहोरेको खण्डमा ४ गोल लगाउनुपर्ने हुन्छ । अथवा, २–० ले अग्रता लिएर बराबरी गर्दै अतिरिक्त समयमा खेल लगेर जित्नुपर्ने हुन्छ ।

नेपालले निर्धारित र थपिएको समयमा पनि २–० ले अग्रता लिएको खण्डमा प्यानल्टी सुटआउटबाट नतिजा निस्कने सम्भावना पनि छ । तर, नेपालका लागि एसिया कप खेलिसकेको भारतीय टोली सहज प्रतिद्वन्द्व भने हैन । नेपाल र भारत हालसम्म १६ पटक भिडिसकेका छन् । यसमा भारतले १२ पटक नतिजा आफ्नो पक्षमा पारिसकेको छ भने नेपालले भारतलाई दुई खेलमा मात्र जितेको छ ।

त्यस्तै, दुई खेल भने बराबरीमा टुङ्गिएका छन् । भारतले नेपाललाई २८ गोल हानेको छ भने नेपालले नौ गोलमात्र फर्काएको छ । यस्तो अवस्थामा नेपालले पुनरागमन गर्न धेरै भाग्यकै भर पर्नुपर्ने विचार राख्नुहुन्छ खेलकुद पत्रकार निरञ्जन राजवंशी । “नेपालले घरेलु दर्शकको दबाबका बीच बलियो टोलीलाई दुई गोलको अग्रता लिनुपर्ने हुन्छ, यो साह्रै नै गाह्रो हो”–राजवंशी भन्नुहुन्छ ।

फुटबल विश्लेषक सञ्जीव मिश्र भने नेपालले पुनरागमन गर्ने सम्भावनालाई नकार्नुहुन्न । “हो यो सजिलो लडाइँ हैन, तर घरेलु मैदानमा उच्च मनोबल छ, खेलाडी फिट छन् त्यसैले, अझै सम्भावना टरेको छैन ।” विश्लेषक मिश्र नेपालले मध्यपङ्तिमा सुधार गर्दै आक्रामक खेल खेल्नुपर्ने सुझाव दिनुहुन्छ ।

आज मैदानमा उत्रँदा टोलीको रणनीतिमा व्यापक सुधार हुने आशा गर्नुभएका अखिल नेपाल फुटबल सङ्घका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ भन्नुहुन्छ–“म त एकदमै आशावादी छु, गृह मैदान र दर्शकको प्रेरणाले आज फ्रान्स युक्रेन संस्करण नेपालले दोहो¥याउने छ ।”

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना