• ६ वैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारीद्वारा चिकित्सकलाई धन्यवाद ज्ञापन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आफू त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहँदा स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा आभार प्रकट गर्नुभएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत उहाँले सो आभार प्रकट गर्नुभएको हो ।

आफ्नो उपचारमा सहयोग गर्नुहुने चिकित्सक, नर्स, कर्मचारी तथा स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा उहाँले धन्यवाद प्रकट गर्नुभएको छ । 

उहाँले लेख्नुभएको छ, “यही असोज २२ देखि २५ गतेसम्म त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहँदा मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण महानुभावहरूमा आभार प्रकट गर्दछु । उपचारमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्दै अस्पताल परिवारलाई धन्यवाद दिन चाहन्छु ।” 

राष्ट्रपति भण्डारीलाई कोरोना सङ्क्रमण भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । अहिले उहाँको अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।