• १४ वैशाख २०८१, शुक्रबार

लागूऔषधसहित अन्सारी पक्राउ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २७ गते । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा पचरौता गाउँपालिका–८ बस्ने २२ वर्षीय प्रवेज मिया अन्सारी रहेका छन् । उहाँलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

अन्सारीको साथबाट एक सय एम्पुल डाईजेपाम, एक सय एम्पुल फेनारगन, एक सय एम्पुल नुफिन, ५७० ट्याब्लेट नाइट्राभेट र २० हजार रुपियाँसहित बसमा सवार अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

बारादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.ख.९६२३ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा अन्सारीको झोलामा उक्त लागूऔषध फेला परेकाले पक्राउ गरी थप अनुसन्धान गरी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।