ठूला दलहरुको दम्भका कारण संविधान अन्योलमा

Kamalदमक, चैत ३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ठूला राजनीतिक दलहरुको दम्भका कारण संविधान अन्योल बनेको धारणा राख्नु भएको छ । आज बिहान दमकका सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै अध्यक्ष थापाले संविधान लेखनमा देखिएको अवरोधले नयाँ संविधान निर्माणको प्रक्रियामा अन्योल देखापरेको बताउनुभयो ।

सत्तापक्षीय मोर्चाका नेताहरुले आगामी जेठ १५ गते संविधान जारी गर्ने बताइएको प्रसङ्गमा उहाँले त्यसप्रति पनि जनतामा विश्वास नरहेको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो–“कुनै दलहरु आन्दोलन लिएर सडकमा छन्, यस्तो असहज स्थितिमा संबिधान आउने अवस्था निकै सङ्कटमा छ ।”

संविधान लेखनमा देखिएको अवरोध हटाउन तीन विकल्प भएको चर्चा गर्नुहुँदै उहाँले यसका लागि दलहरुमा साझा प्रतिबद्धता आउनुपर्ने बताउनुभयो ।
एक प्रसङ्गमा नयाँ शक्ति निर्माणका लागि राप्रपा र राप्रपा नेपालबीच एकीकरणको अन्तिम तयारीमा पुगेको उल्लेख गर्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना