एकता आवश्यकता भएको पाँचवटै माओवादीका नेताका भनाइ

Pragya-Pratisthan-1काठमाडौँ, २ चैत । शान्ति प्रक्रिया प्रवेश गरेपछि माओवादी आन्दोलन खण्डित भएको भन्दै पार्टी एकताका लागि युवा नेताले अभियान सुरु गरेका छन् ।

माओवादी आन्दोलन पुनःगठन अभियानले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी एकता प्रक्रिया सुरु भएको घोषणा गरिएको छ ।

उनीहरूले पार्टी एकता आजको आवश्यकता भएको ठहर गर्दै त्यसका लागि सबैले आ–आफ्नो स्वार्थ र अहमलाई त्याग गर्नुपर्नेमा जोड दिएका थिए ।

जनयुद्ध, जनआन्दोलनलगायतका विभिन्न आन्दोलनबाट प्राप्त भएको उपलब्धी धरापमा परेको उल्लेख गर्दै उनीहरूले पछिल्लो दिनमा सत्तारुढ दलको व्यवहारका कारण पनि मजबूत एकता आवश्यक भएको बताए ।

शीर्ष नेतृत्वलाई एकताका लागि दबाब दिने र सकारात्मक वातावरण तयार पार्ने उद्देश्यका साथ अभियान सुरु गरिएको एमाओवादीका स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिनुभयो ।

माओवादी टुट फुटले देश, जनता कोही कसैको हित गरेन, त्यसकारण एकताका लागि आफूहरू केन्द्रित भएको नेता शर्माको भनाइ छ ।

कार्यक्रममा माओवादीका नेता हितमान शाक्यले पार्टी एकताको आवश्यकता किन प¥यो भन्ने विषयमा प्रतिवद्धतापत्र बाँचन गरेर सुनाउनुभएको थियो ।

विगतका आन्दोलन तथा सङ्घर्षबाट प्राप्त भएका राजनीतिक, सामाजिक उपलब्धीहरू क्रमशः खण्डित हुँदै गएकाले सबै माओवादी एकठाँउमा आउनुपर्छ र हुनुपर्छ भन्ने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा९माओवादी०का नेता धर्मेन्द्र बाँस्तोलाले पाँच टुक्रामा विभक्त भएको माओवादी मिल्नुको विकल्प नभएको बताउनुभयो । सबैले राजनीतिक कार्यदिशा एउटै बनाएर एकताको लागि पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेकपा९माओवादी०का अध्यक्ष मातृका यादवले वास्तवमै पार्टी एकता गर्ने हो भने आग्रह पूर्वाग्रहबाट माथि उठेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले जनताको नाममा राजनीति गर्ने माओवादी किन बिग्रिएको भनेर समिक्षा गर्नुपर्नेमा जोड दिनुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना