• १३ वैशाख २०८१, बिहिबार

'मायाको व्यापार' गीत सार्वजनिक

blog

काठमाडौं, असोज २७ गते । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार’ सार्वजनिक गरिएको छ । गीतमा अजय पोखरेलको शब्द तथा इन्द्र दाहालको सङ्गीत रहेको छ । 

विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गर्नुभएको हो । 

गीतको भिडियोमा शिल्पा पोखरेल र विक्रम बुढाथोकीको अभिनय रहेको छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको हो।