• १६ चैत २०८०, शुक्रबार

प्रत्यक्षमा महिला उम्मेदवार

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, असोज २७ गते । सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा प्रत्यक्षमा महिला उम्मेदवारहरू प्रतिस्पर्धा गर्दै छन्। नेपाली कांगे्रसले प्रदेश सभा सदस्यमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को (क)मा सामाजिक क्षेत्रबाट राजनीतिमा आएकी मनकुमारी खड्का (मसिना)लाई उम्मेदवार बनाएको छ। 

खड्का कांगे्रस बागमती प्रदेश कार्यसमितिकी सदस्यसमेत हुनुहुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभा सदस्यमा प्रतिनिधि सभा क्षेत्र नं. १ को (क)बाट महिला नेत्री निर्मला श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीले राजमती लवजूलाई प्रतिनिधि सभा क्षेत्र नं. २ को (ख)बाट प्रत्यक्षतर्फ उम्मेदवार उठाएको छ। 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा क्षेत्र नं. २ मा माया गुरुङलाई उम्मेदवार बनाएको छ। सगरमाथा आरोही गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सभापतिसमेत रहनुभएको छ।