• १२ वैशाख २०८१, बुधबार

सत्यमोहन जोशीलाई क्याबिनमा सारियो

blog

शताब्दी पुरुष सत्यमोहन जोशी । फाइल तस्बिर

काठमाडौं, असोज २६ गते । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको  छ। 

ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख अमिष पाठकले जोशीको स्वास्थ्यमा सुधारआएपछि आइसियुबाट क्याबिनमा सारेको जानकारी दिनुभयो।  

पाठकका अनुसार हिजोको तुलना खानामा रुचि बढ्नुका साथै दोहोरो कुराकानी गर्न थाल्नुभएको छ। जोशीको मुटुका समस्या र निमोनिया यथावत् भएकोले क्याबिनमा सारे पनि सघन उपचार कक्ष (आइसियु) मा जस्तै निगरानीमा राखेर उपचार भइराखेको छ। 

१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते अस्पतालमा भर्ना हुनुभएको थियो। खानामा अरुचि, प्रष्ट रूपमा संवाद गर्न नसक्ने, छातीमा निमोनिया देखिनुका साथै ‘युरिन इन्फेक्सन’ देखिएपछि यहाँलाई आइसियुमा राखेर उपचार भइरहेको छ।