थाइल्याण्डमा छ सैनिक मारिए

बैंकक, असार ५ गते  । दक्षिणी थाइल्याण्डमा सोमबार भएको बम विस्फोटमा परी छ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका प्रहरीले स्रोतले जनाएको छ । 


थाइल्याण्डको राजधानी बैंककबाट १ हजार ५५ किलोमिटर दक्षिणमा पर्ने पत्तानी प्रान्तको थुङयाङ दाएङ सडकमा स्थानीय आतङ्ककारीहरुले बम आक्रमण गरेका थिए ।

थाई प्रहरीकाअनुसार छ सैनिकको मृत्यु हुनको साथै अन्य चारजना घाइते भएका छन् । थाईयाण्डको सुदुर दक्षिणमा रहेको पत्तानी, याला र नराथिवाटमा यसअघि पनि बारम्बार आक्रमण हुने गरेको पाइन्छ ।

गस्तीमा रहेको करिब २५ जना सैनिकको टुकडीमाथि यो आक्रमण भएको थियो । विस्फोटको कारण र यसमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds