• १३ वैशाख २०८१, बिहिबार

निरन्तर झरीले धानखेतीमा क्षति

blog

पविता पौडेल 

रुपन्देही (सैनामैना), असोज २६ गते । केही दिनदेखि परेको बेमौसमी झरीका कारण पाकेको धानबाली काट्न नपाउँदा किसानहरू चिन्तित बनेका छन्।रुपन्देहीका सैनामैना नगरपालिका, कन्चन, गैडहवा सियारी गाउँपालिका लगायत ठाउँमा छिटो पाक्ने धान पाकिसकेको छ । तर निरन्तर परिरहेको झरीका कारण किसानहरूले धान काट्न पाएका छैनन् । 

पाकेको धान काट्न नपाउँदा धान ढलेर खेतमै उम्रिने होकी किसानमा चिन्ता बढेको छ । सैनामैना नगरपालिका ५ कि कमला ज्ञवालीका अनुसार झरी कहिले रोकिने होला पाकेको धान ढलेर खेतमै उम्रिन थालिसकेको छ । 

लगातारको हावाहुरीसहितको झरीले पाकेको धानलाई मात्र  होइन पछि पाक्ने धानको फुलेको फुल खसालेर पनि धानमा क्षति गरेको उहाँले बताउनुभयो । अहिलेको झरीले धानबाली तरकारी खेती सबैतिर असर पुगेको उहाँले बताउनुभयो । 

सैनामैना नगरपालिका ५ कि सुशीला गौतमका अनुसार अब पानी आउँदैन भनेर घर वरिपरि बारीमा मुला काउलीको बिरुवा उमारेको झरीले गर्दा काउलीको बिरुवा मरेका छन् । 

झरीले रुपन्देही मात्र होइन, नवलपरासीका किसानहरू पनि पाकेको धान काट्न नपाएर चिन्तित रहेको बताएका छन् । हावाहुरीसहित परेको झरीले भर्खरै फूल फुल्दैगरेको धानको फूल खसालेर अहिले धानको उत्पादन कम हुने चिन्ता नवलपरासी बर्दघाट १६ की डोलसरी गिरीलाई पनि छ ।

असार साउनमा पानी नपरेर किसानले बेलैमा धान रोप्न पाएनन् बल्ल बल्ल  पम्पले पानी तानेर रोपेको धान काट्ने बेलामा नास गरेपछि हामीलाई समस्या भएको छ उहाँले भन्नुभयो । नवलपरासी कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष चौधरीले सुस्ताको वडा ५ , ६, ७ को धानबालीमा असर गरेको छ।